सुर्खेत । अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत भेटिएका छन्। ढकारी गाउँपालिका–१ मा रहेको छिन्ने जंगलमा १४ वर्षीया सरस्वती खड्का र ईश्वरी खड्काको शव भेटिएको हो ।तक दुबै जना किशोरी नाताले फुपू–भदै हुन्। दुबै किशोरी शुक्रबार गाईवस्तु चराउन जंगल गएका थिए। तर, साँझसम्म घर नफर्किएपछि गरिएको खोजीका क्रममा दुबै जना मृत फेला परेका हुन् ।
प्रतिक्रिया