प्रदिप राई
साहित्य त्यो हो, जीवन्त बनाउँने एउटा कलमी बुलन्द हो । मानिसको जिउने साहारलाई एउटा कलमी आवाजबाट विष्फोट गराउने र समाजलाई असल मार्गनिर्देन तर्फ डोर्याउने पाटो हो । आज यहि साहित्य जगतले सारा सँसारलाई एक सुत्रमा बाँधिएको छ । साहित्यको क्षेत्रमा विभिन्न विधा र परिधी भएपनी, तिनीहरुको आ—आफ्नै बिशेषता र गुण आफुँभित्र लुकेर रहेको छ । सहित्यको विद्यामा कलम चालेर लाखौ लेखकहरुले आवाज बुलन्द गरेर समयको माग सँगै साहित्यले फड्को मारेको ईतिहासमा ताजै छ । साहित्यलाई आफ्नो जीवनको अमुल्य पेशा बनाएर बाँच्नेको एउटा भिन्नै धरातल छ तर राज्यले यस्को वास्ता नगर्नु ठूलो चुनौती को विषय रहेको छ । साहित्यमा नै जिवन सर्मपण गरेर जानेहरुको छाप जीवितै रहेको छ । यहि साहित्यलाई आत्मासाथ गरी साहित्यको विधामा कलम चलाईरहनु भएकाहरु लाखौ साहित्यनुरागीहरु छन् । फरक यती हो कोही सफल भएका छन् त कोही असफल । यो शताब्दीको पछिल्लो समयमा युवा, युवतीदेखी व्यसक सम्मलाई साहित्यले छोएको राम्ररी देख्न र सुन्न पाईन्छ । त्यसमा पनी साहित्य जगतमा गजल बिधाले दुई खुट्टे भनाउँदा मानिसहरुलाई त के पृथ्वीग्रहका अणु–अणुलार्ई लठ्याएको छ । आजको यस साहित्य स्तम्भ अन्र्तगत हामी साहित्यको फाँटमा रहेर साहित्यक बिधामा बिगत डेड दसक अगाडीबाट कलम चलाईरहनु भएका अहिलेका जल्दा बल्दा साहित्यककार उदयपुर जिल्लाको लेखगाउ गा बि स वडा न, ७ श्री गौ बहादुर राई र बिष्णु माया राईको कोख बाट जन्मनु भएका साहित्यकार दान राई “झरी” सँगको आजको साहित्यक भलाकुसारिहरु म प्रदिप राई को साथमा
-: झरी जि नमस्कार तपाईलाई आजको भलाकुसारी जम्काभेटमा स्वागत छ?
झरी:- प्रदिप जि, नमस्कार साथै हार्दिक धन्यवाद यहालाई र यो भलाकुसारी स्तम्भ सम्म आऊने मौका दिनु भएकोमा आभारी छु |
-: झरी जी, साहित्यले आफै आफ्नो बिशेषता बोके पनि तपाईको बिचारमा साहित्य के हो ?
झरी ;- प्रदिप जि, जिन्दगीको अर्को नाम नै साहित्य हो जो मरेर पनि बाँची रहन्छ अमर बनि
हत्या हिंसा रहित हतियार हो जसले अन्याय र अत्याचारको पर्दाफास गरि हत्या गर्न सक्छ
लंगडोलाई बैशाखी, अन्धोलाई ज्योति, बहिरोलाई आवाज, अपांग असहायहरूलाई साहारा, हो यहि हो साहित्य |
-: झरी जि, सिङ्गो साहित्यकार हुनु र गजलकार हुनुमा कस्तो फरक पाउनु भएको छ ?
झरी:- सिङ्गो साहित्यकार हुनु र गजलकार हुनुमा खै के फरक छ भनुँ र ? लेखकको अदा कला चतुर्याईको कुरा हो एउटा गजल भित्र पनि एउटा सिङ्गो उपन्यास भेट्न र समेट्न सकिन्छ उपन्यास र गजल पढ्नुको मजा आनन्द चाही फरक फरक छ
फरक यति हो सिङ्गो साहित्यकार भन्नाले साहित्यको सबै विधामा पोख्त बुझिन्छ भने गजलकार भन्नाले मात्र एउटा विधा गजल लेखक भनेर बुझिन्छ।
-: तपाइको बिचारमा साहित्यले साँच्ची नै समाज परिवर्तन गर्छ ?
झरी:- अवस्य पनि गर्छ, यसमा कुनै सोंचनीय र संका उत्पन्न हुने ठाउँ नै छैन।
-: झरी जि, अब हामी तपाइको बिगत तिर लागौं तपाई यो क्षेत्रमा कसरी आउनु भयो कसैको प्रेरणा अथवा तपाइको रहर हो गजलकार बन्नु ?
झरी:- जति खेर म चार / पाँच कक्षामा पढ्थें त्यति खेरका ति वाल कविताहरु राष्ट्रिय गानहरुले मलाई निक्कै प्रभाव पार्थ्यो समय संग चल्दै जाँदा मैले कक्षा आठ सम्मको अध्यन पुरा गर्दा थुप्रै कविताहरु लेखि सकेको थिएँ तर गजलकार बनि सकेको थीइन जव म पहिलो पटक मलेसिया 2005 मा प्रवेश गरें तब आज आफुलाई नियाल्छु झन्डै झन्डै गजलकार पो भैएछ हेहेहेहेहे
-: झरी जि, गजल के हो कसरी फुर्छ गजल ? कसरी लेखिन्छ तपाइको बिचारमा गजल लक्षितबर्ग को हुन ?
झरी;- धेरै मान्छेका धेरै कुरा भने झैँ, गजल समालोचकहरु गजल गुरुवरहरु, सोघोसित गजलकारहरु र गजल लेखनमा कलम चलाई रहनु भएका गजलकार मित्रहरुका भिन्ना भिन्नै मत तर्कहरु आउँछन् मेरो बिचारमा गजल गायन विधा हो त्यसैले लयात्मक हुनै पर्छ भन्ने मेरो मान्यता छ गजलको मुटु कफियालाई मानिन्छ जुन मुटु बिना बाँच्न असम्भव छ अँ तर एउटा कुरा कहिल्यै नभुलौं काफिया मिल्दैमा सबै गजल गजल म मान्दिन यो मेरो मुर्खता घमण्ड हो या त सत्य गजलकार मित्रहरुले मुल्यांकन र बुझ्ने कुरा हो गजललाई जुन बेला मोतीराम भट्टले भित्र्याउनु भयो त्यति खेर एउटा प्रेमी र प्रेमिका बिचको सम्बाद वा माया दर्शानु पोख्नु देखाउनु ओकल्नुलाई गजलले अङ्कित गर्थ्यो तर पछिल्लो समयमा आएर सबै विषयलाई गजलमा समेट्न वा भेट्न थालियो यो चाही समयको माग प्रभाव र परिबर्तन होला गजल फुराउँछु लेख्छु भन्दैमा लेखिदैन गजल गजल लेख्नुलाई मनमा कुनै न कुनै किसिमको प्रभाव पर्नै पर्छ मनमा भावना पैदा हुनै पर्छ र त्यही भावना मन बाट तप्किएसी मात्र बन्छ एउटा पृथक राम्रो गजल
-: झरी जि, भनिन्छ बाँच्नको लागि आर्थिक श्रोत चाहिन्छ कति पय गजलकारहरु यहि समस्या बाट पीडित भइ रहेका हुन्छन उनीहरुको गजलमा निखारता नभएर कि बजार लिन नसकेर यो भइ रहेको हुन्छ ?
हरी:- प्रदिप जि, हजुर एकदमै मैले पनि नियाली रहेकोछु गजल संसार र मलाई यस्तो लाग्छ धेरै जसो अक्सर गजलकार मित्रहरु रहरमा गजल संग्रह निकाल्नु हुन्छ त्यसैले पनि सन्तापको ज्वालामा जल्नु परि रहेछ
केहि थोरै राम्रा गजलकारहरुलाई भने आफ्नो गजल संग्रह उत्कृष्ट हुँदा हुँदै पनि बजार लिन सक्दैनन् बजार ब्यबस्थापन गर्न सक्दैन् अलिकति ज्ञान पुग्दैन त्यसैले पनि आर्थिक समस्या झेल्नु पर्ने हुन्छ या देखिन्छ
-: झरी जि, पछिल्लो समय यता सबैले गजल लेख्ने प्रसारण र प्रकाशित गर्ने कतिले हु-वहु अरुको सारेर आफ्नो नाम कमाई रहेको पाउँछौ नि ? यसले सर्जकलाई सम्मान होईन अपमान भएन र ? साहित्यको फाँटमा यसको ध्यान कसको जानु पर्छ ?
झरी :- प्रदिप जि, सबैले गजल लेख्नु प्रकाशन प्रसारण गर्नु नेपाली साहित्यको बिकास र बिस्तारमा लग्नु हो यो अत्ति नै गर्व र खुशीको पक्ष हो तर अरु कसैको रचना चोरेर आफ्नो नाममा कपि गर्नु महा अपराध हो
हुन त जसले यस्तो कार्य गर्छ उसलाई थाहा नहुन सक्छ झुटो खेति टिकाउ होईन बिकाउ हुन्छ र आखिर एक दिन बदनामको बिल्ला भिर्नै पर्छ भनेर
कसैको रचना कसैको नाम बाट प्रसारण र प्रकाशित हुन नदिन प्रकाशित र प्रकासन गरि दिनु हुने सम्बन्धित व्यक्ति संघ संस्था र रेडियो स्टेशनहरुले अलिकति ध्यान दिए र यदि यस्तो खराब व्यक्ति चोर भेटिएमा कडा भन्दा कडा कारवाही गर्नु पर्ने नियम लागु भए पक्कै पनि रचना चोरी हुने कार्य 100 बाट 99 हुँदै झर्ने थियो होला।
-: झरी तपाई एकजना गजल विधामा रहेर साहित्यलाई अगाडि बढाई रहनु भएको छ तपाई जस्तै अन्य विधामा रहेर साहित्य सिर्जना गर्नु हुने साथीहरुलाई के भन्नु हुन्छ ?
झरी :- प्रदिप जि, म साहित्यलाई माया गर्ने मान्छे त्यसैले जो-जो जुन सुकै विधामा कलम चलाए पनि हामी कसैको कलम कतै नरोकियोस
आउनुहोस हातेमालो गरौँ साहित्यिक यात्राको सहयात्री बनौं यो विधा र त्यो विधा भनेर साहित्यको धज्जी उढाई वादविबाद नगरौँ
किनकी साहित्यिक शरीर एउटै हो
-: झरी जि, अन्तमा तपईलाई गजलमा के हुनु पर्छ ? के को अभाव छ ? गजलमा कलम चलाई रहनु भएको अवको 3 बर्ष पछि हामी कस्तो अवस्थामा पाउन सकिएला साहित्यको क्षेत्रमा ?
झरी:- प्रदिप जि, गहन भाव, पृथक बिचार, कलात्मक, लयात्मक सबै पक्ष बाट अव्वल दम हुनु पर्छ गजलमा गजलको बिकास र बिस्तारको निम्ति अग्रज गुरुवरहरु र नाम रोशन गर्न सफल संघ संस्था बाट बेला बेलामा गजल प्रशिक्षण कार्यक्रम हुने हो भने गजल संसार झनै फराकिलो हुने थियो साथै नेपाल सरकारले पनि साहित्यको गजल संसारलाई अलिकति नजिक बाट नियाली दिए उत्तम हुने थियो
अबको 3 बर्ष पछि पनि “म” म दान राई “झरी” दान राई “झरी” नै रहन्छु हेहेहेहेहे………
थोरै परिबर्तन चाही पक्कै होला आउला च्याउ झैँ देखिएला यी स्याउ झैँ गाला
तर साहित्यिक क्षेत्रमा भने केही निखारपन अवस्य आउँछ
।
–: हस्त धन्यवाद दान झरी जि, यती धेरै समय दिनु भएकोमा म प्रदिप राई साथै हाम्रो युनिटको तर्फ बाट पुनः भेट्ने बाचा सहित अहिले लाई बिदा चाहन्छु ।
झरी:– धनयवाद त मैले, तपाइ र तपाइको यूनिटलाई दिनुपर्ने हो किनकी साहित्यको माहलमा म जस्तो मान्छेको भलाकुसारी तपाइहरुको अमूल्य समयलाई खर्च गरेर म सङ्ग संवाद गर्नु भएकोमा । धन्यवाद । शुभ साहित्य ।
प्रतिक्रिया