काठमाण्डौ । माघ ७ गते देखि प्रशान्ति एकेडेमी बुनपा कपनमा खेल सप्ताह सुरु भएको छ। बुनपा वडा न ११ का वडाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यता र बिभिन्न क्षेत्रका व्याक्तित्वहरुको उपस्थितिमा औपचारिक ऊद्घाटन गरिएको छ । विविध सास्कृतिक कार्यक्रम , मार्च पास तथा तेक्वन्दो काता प्रदर्सनी लगायत अन्य गतिविधिहरु सहित उद्घाटन कार्यक्रम गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि र अन्य अतिथिहरुले रेफ्रि , खेल शिक्षक तथा प्रतियोगी भाइ बहीनीहरुलाई खेल सामाग्रि लगायत झन्डाहरु प्रदान गरेका थिए। सो खेलकुद सप्ताह माघ ११ गते शुक्रबार सम्म संचालन हुनेछ। खेलकुद सप्ताहमा खेलहरु विधालय परिसर र फुटसल मा समेत संचालन गरिने र विभिन्न १८ प्रकारका खेल विधामा ४८ ईभेन्ट्स हुने प्रिन्सिपल समिर बास्तोलाले वताए। यस सप्ताहमा विभिन्न विधामा प्रथम, दितिय र तृतिय हुने विध्यार्थी तथा सदनलाई एक विशेष कार्यक्रम गरि पदक प्रमाणपत्र र ट्रफी वितरण गरिने समेत आयोजकले वताएको छ। विध्यालय प्रिन्सिपल समिर बास्तोलाको सभापतित्वमा सम्पन्न् सो कार्यक्रम मा निर्वाचन पर्यवेक्षण समिति नियोक का कोषाध्यक्ष तेज तिम्सिना, खेल विज्ञ वरिष्ठ प्रशिक्षक केशव गौतमको पनि विशेस अतिथिको रुपमा उपस्थिति थियो साथै एन प्याव्सन बागमति प्रदेस कमिटि र काठमाडौ जिल्ला कमिटि र स्थानीय स्काउट तथा संचारकर्मी बाट समेत प्रतिनिधिमुलक रुपमा उपस्थिति रहेको थियो।
प्रतिक्रिया