काठमाडौं । गुगलको स्वामित्वमा रहेको युट्युबले प्रयोगकर्तलाई आफ्नो प्लटेफर्ममा मोबाइलबाट शर्ट्स भिडिओ अपलोड गर्ने तरिका सिकाउन थालेको छ । सामाजिक सञ्जालका विभिन्न माध्यममा पोस्ट राख्दै युट्युबलेले भिडिओ अपलोड गर्न सिकाइरहेको हो ।
तीन करोड ११ लाख बढी फलोअर भएको युट्युबको आधिकारिक इन्स्टाग्राम अकाउन्टको स्टोरीमा शर्ट्स अपलोड गर्न सिकाइएको छ ।
युट्युबमा शर्ट्स अपलोड गर्नका लागि सबैभन्दा पहिले युट्युब एप खोल्नुपर्ने हुन्छ । त्यसपछि तलपट्टि बीचमा भएको प्लस आइकन ट्याप गर्नुपर्छ । अनि क्रियट अ शर्ट्स अप्सन छानेर त्यहीँबाट भिडिओ रेकर्ड गर्न वा पहिले भएको भिडिओ अपलोड गर्न सकिन्छ । त्यसमा बढीमा तीन मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिन्छ ।
अपलोडपछि आवश्यकता अनुसार इफेक्ट वा फिल्टर प्रयोग गर्न सकिन्छ । त्यसपछि दायाँपट्टि रहेको टिक आइकन ट्याप गर्नुपर्छ । यति गरेपछि टाइटल राख्नुपर्छ । र, माथि दायाँपट्टि रहेको ‘अपलोड’ बटनमा ट्याप गरी भिडिओ अपलोड गर्न सकिन्छ ।
प्रतिक्रिया