महाभारतका सागर बोम्जनको “कादे जेबा कान्छिला थे ग्राम्बा”सार्वजनिक

evccfn@gmail.com' rastriyakhabar
५ माघ २०८१, शनिबार १९:१७

काठमाडौं । ए जेबा म्राङ्सी, हिराला हार, ङा मि चट्ट जेबा, जस्ता गितहरु बजारमा ल्याई सकेका सागर बोम्जनले “कादे जेबा कान्छिला थे ग्राम्बा”बोलको गीत बजारमा ल्याएका छन् ।

मीठो स्वरको धनी सागर बोम्जनको आवाजमा रहेको “कादे जेबा कान्छिला थे ग्राम्बा”बोलको गीतमा तामाङ जगतको चर्चित सेलो गायिका सुमिना लोले बोम्जनलाई साथ दिइकी छिन् ।

काभ्रेपलान्चोक महाभारत गाउँपालिकामा जन्मिएका सागर बोम्जन बिगत लामो समय देखि तामाङ गित सङ्गीत छेत्रमा योगदान दिदै आइरहेका छन् भने हालै बोम्जनले तामाङ सेलो “कादे जेबा कान्छिला थे ग्राम्बा”बोलको गीत सार्वजनिक गरेका हुन् ।

बिनोद लामा दोङको शब्द, विज्ञान लामा दोङको संगीत, जोगलाल लामाको संगित संयोजन, अर्पन थिङ तामाङको संंगित मिश्रण रहेको गित अर्पन स्टुडियोमा रेकर्ड गरिएको हो ।

पछिल्लो समय सागर बोम्जनको आवाजमा रहेको गितहरु दर्शक श्रोताहरुको मन मस्तिष्कमा बस्दै आएको देखिन्छ भने “कादे जेबा कान्छिला थे ग्राम्बा” सागर बोम्जनले आफ्नै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया