काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा करेन्ट लागेर एक जना श्रमिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ घर भई काठमाडौंको पेप्सिकोलामा बस्ने २७ वर्षीय रोशन माझी रहेका छन् । बूढानीलकण्ठ नगरपालिका-१३ बस्ने नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको करूणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया