बुढानिलकण्ठ वडा नं. १ को ३ दिने होमस्टे प्रबर्दन,व्यवस्थापन तथा अध्ययन अवलोकन तालिम सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०८१, आईतवार ०८:४२

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं. १ तौलुङको आयोजनामा तिन दिने होमस्टे व्यवस्थापन अध्ययन अवलोकन तालिम कार्यक्रम सम्पन्न भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं. १ तौलुङको आयोजनामा सम्पन्न भएको ३ दिने तालिम कार्यक्रमको उद्घाटन बुढानिलकण्ठ नगरपालिका वडा नं. १ का सदस्य तथा यस कार्यक्रमको संयोजक चण्डिका रैलाले  गर्नुभएको थियो । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं. १ का सदस्य बुदीमान लामा,वडा सदस्य शर्मिला नेपालि वडा सचिव राजेन्द्र तामांग र वडा प्राबिधिक शान्तराज खनाल सहित पत्रकारहरुको उपस्थितिमा ४० जना सहभागी भएका थिए ।

३ दिने तालिम कार्यक्रममा होमस्टेको कार्यविधि, दर्ता प्रक्रिया, सरसफाई, सांस्कृतिक कार्यक्रम, पाहुनाको स्वागत, बसाँई तथा बिदाई र बजारीकरण विषयमा मुख्य  प्रशिक्षक  राजकुमार लामिछाने  र होमस्टे संचालक कमल नेपालले प्रशिक्षण प्रदान गर्नुभएको थियो । अध्ययन अवलोकनको क्रममा बेथानचोक गाउपालिकामा  संचालन गरेको माउन्ट महाभारत  सामुदायिक होमस्टेमा सहभागीहरुलाई पाहुनाको रुपमा अनुभव गराइएको थियो ।

तालिमका सहभागीहरुलाई  बेथानचोक गाउपालिकाको कार्यपालिका सदस्य चरिमाया तामांग  स्वागत गर्दै महिलाहरुको आत्मनिर्भरता, स्वावलम्बनको लागी होमस्टे सवैभन्दा उपयुक्त माध्यम भएको बताउनु भएको थियो । सहभागीहरुलाई ऐतिहासिक बेथानचोक भ्युटावर,बेथानचोक बजार, बेथानचोक सामुदायिक होमस्टे  तथा धनेश्वर  मन्दिरको भ्रमण गराइएको थियो ।

तालिममा सहभागीहरुलाई बेथानचोक गाउपालिकाका  वडा ३ का अध्यक्ष कुबेर ढकालले बिदाई गर्दै होमस्टे मार्फत बुढानिलकण्ठ र बेथानचोक गाउपालिकाको बिचमा मितेरी सम्बन्ध बढाउन आफु तयार रहेको बताउनु भयो । तालिम कार्यक्रमले बुढानिलकण्ठ नगरपालिकामा होमस्टे संचालन हुनेमा आफु विश्वस्त रहेको अध्यक्ष कुबेर ढकालले बताउनु भयो । तालिम तथा भ्रमण कार्यक्रम असाध्यै उपलब्धिमुलक भएको सहभागीहरुले बताउनु भएको थियो।

                       

प्रतिक्रिया