पेट्रोल र डिजेलको मूल्य वृद्धि, हवाई इन्धन सस्तियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०८१, बुधबार ०७:३४

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ ।

निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी डिजेलमा एक र पेट्रोलमा दुई रुपैयाँ मूल्य बढाएको हो ।

काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर पेट्रोलको मूल्य अब १६३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेत क्षेत्रमा प्रतिलिटर मूल्य १६२ रुपैयाँ तोकिएको छ ।

काठमाडौं र दिपायल क्षेत्रमा डिजेल लिटरको १५३ रुपैयाँ पर्ने निगमले जनाएको छ । सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ तिर्नुपर्नेछ । अन्य क्षेत्रमा भने डिजेलको मूल्य १५० रुपैयाँ ५० पैसा पर्नेछ ।

 

प्रतिक्रिया