काठमाडौं । गोकर्णेश्वर नगरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नयाँपाटिमा रहेको वाल सुधार माबिको प्राङ्गणमा भब्य रुपमा उद्घाटन भएको छ।
गोकर्णेश्वर नगरप्रमुख दिपक कुमार रिसालको सभा अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सांसद तथा अर्थसमितिका सभापति माननीय सन्तोष चालिसेको हातबाट उद्घाटन गरिएको थियो। कार्यक्रममा बिशेष अतिथिहरूमा प्रतिनिधि सभा सदस्य माननीय सांसद शान्ती श्रेष्ठ,पुर्व मन्त्री रामेश्वर फुयाल, नगर उप प्रमुख सान्नानी लामा,प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली,शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख वीर बहादुर खड्का,वडा अध्यक्षहरु मधु तामाङ,नवराज लामा,द्वारिका श्रेष्ठ,खेलकुद बिकास समितिका अध्यक्ष संजय लामा,कार्यपालिका सदस्यहरू, वडा सदस्यहरु,प्रशासन शाखा प्रमुख भुपेन्द्र बोहरा,नगर शिक्षा समिति सदस्य भवानी प्रसाद पौडेल लगायत विभिन्न शाखाका कर्मचारीहरु, रेफ्रीहरु, कोचहरु, प्रतियोगिताका निर्णायक मन्डलहरु,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु,विभिन्न विधालयका प्रधानाध्यापक तथा अभिभावक तथा खेलाडी भाईबहिनिहरुको बाक्लो उपस्थिति रहेको थियो।
गोकर्णेश्वर युवा तथा खेलकुद उपशाखा प्रमुख रामनारायण साहद्वारा सहजीकरण गरिएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी माननीय सन्तोष चालिसेले शिक्षा, स्वास्थ्य लगायत विविध क्षेत्रमा लगानी गरि दिनप्रतिदिन प्रगती गर्दै सफलता हात पारेको बताउनु भयो। अब खेलकुद क्षेत्रमा पनि उत्कृष्ट गर्दै आएका छौ भन्ने मार्च पास बाट प्रमाणित भएको जानकारी दिदै आगामी दिनमा गोकर्णेश्वर नगरपालिका मात्र नभई समग्र मुलुककै अग्रणी यो क्षेत्रलाई बनाउन सबैजना मिलेर अगाडि बढ्नुको बिकल्प नरहेको बताउनु भएको थियो।
त्यसैगरी बिशेष अतिथि तथा पूर्वमन्त्री रामेश्वर फुयालले कीर्तिपुरको खेल मैदानमा एनपिएल खेल हेर्दै गरेको आभाष भएको बताउदै आधा महिला र आधा पुरुष सहभागी रहेको आजको प्रतियोगिता हेर्दा आन्दोलनबाट प्राप्त ब्यबस्था परिवर्तनले सार्थकता पाएकोमा खुशी र गर्व महसुस रहेको जनाउनुभयो।
गोकर्णेश्वर खेलकुद समिति अध्यक्ष संजय लामाले खेलकुद खेल्दा अनुशासित भएर खेल्न अनुरोध गर्दै खेलाडीहरुले लगाएको जर्सी नसाट्न र जर्सी नम्बरकै आधारमा खेलको नतिजा जिल्ला प्रदेश हुदै केन्द्रमा जाने र त्यही आधारमा भविष्यको लेखाजोखा हुने समेत जानकारी गराउनुभएको थियो।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौलीले बालबालिकाको शारीरिक र मानसिक स्वस्थताका लागि खेलकुदको अत्यन्तै ठूलो महत्व रहेको बताउदै यस क्षेत्रमा लागेर भरपुर रुपमा उपयोग गरेर अगाडि बढ्न अनुरोध गर्नुभएको थियो।
त्यसैगरी कार्यक्रमका विशेष अतिथी सान्नानी लामाले स्वास्थ्यको लागि खेलकुद र नगरपालिकाका लागि खेलाडी हुन।गोकर्णेश्वर नगरपालिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी निर्माण गर्न नगरपालिकाले खेलकुदमा ठूलो लगानी गरेको बताउनुभयो। खेलको महत्व बुझेर ३४ विधालयको स्वस्फूर्त रुपमा सहभागीता रहेको बताउदै यसबाट छनोट भएका खेलाडीहरुलाई जिल्ला प्रदेश हुँदै केन्द्र सम्म पुर्याउन नगरपालिकाले पहल गर्ने समेत बताउनु भयो।
कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष दिपक कुमार रिसालले गोकर्णेश्वर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड मात्र नभई च्याम्पियनसीप खेल ल्याउदै गरेको बताउनुभयो।अब खेल क्षेत्रको बिकासका लागि खेलकुद प्रशिक्षक सहित गोकर्णेश्वर स्पोर्ट्स राखिने समेत जानकारी दिनुभएको थियो।
प्रत्येक विद्यार्थीले कुनै एक खेलमा अनिवार्य सहभागी हुनुपर्ने आउँदो नीति तथा कार्यक्रम बाट लागू गरिने बताउदै नगरपालिकाका सबै वडामा खेलकुद सम्बन्धी भौतिक संरचना निर्माण भैसकेको हुदा लागू गर्न सहज रहेको बताउनुभयो।कार्यक्रम मा उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्यद्वारा युवा तथा खेलकुद शाखा प्रमुख वीर बहादुर खड्काले स्वागत गर्नुभएको थियो।
प्रतिक्रिया