नेप्सेम्याक सेवा प्रा.लि.को संचालक समितिमा सिटौला र सुवेदीको इन्ट्रि

evccfn@gmail.com' rastriyakhabar
१४ पुष २०८१, आईतवार ०९:११

काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यका लगायत देशै भरका प्रमुख शहरहरुमा समेत फोहरमैला व्यवस्थापनको कार्य गर्दै आईरहेको नेप्सेम्याक सेवा प्रा.लि.को नयाँ संचालक समिति चयन भएको छ ।
प्रा.लिको नियमित साधारणसभाले आगामी ५ बर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको अध्यक्ष तथा प्रबन्ध निर्देशकमा टिकाराम दाहाल प्रमुख संचालकमा लक्ष्मी प्रसाद गेलाल, संचालकहरुमा बाबुराम घिमिरे,मित्र प्रसाद घिमिरे, गोबिन्द प्रसाद आचार्य , तुलसीराम सिटौला र एकराज सुवेदी चयन हुनु भएको हो ।
चयन हुनुभएका ७ जनाको संचालक समितिमा नयाँ अनुहार तुलसीराम सिटौला र एकराज सुवेदी ५ बर्षको लागि निर्वाचित हुनु भएको हो ।
प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हजारौंलाई रोजगारी दिई रहेको यो कम्पनि नेपालकै सरसफाई कम्पनि मध्य पहिलो नम्बरमा रहेको छ ।
सरसफाई मात्र नभएर अर्गानिक मल उत्पादन तथा व्यवसायीक कृषि र फोहर रिसाईकलबाट बन्न सक्ने अन्य उत्पादनमा समेत कार्य गरिरहेको यो कम्पनि सेवा मुलक व्यवसायको रुपमा स्थापित बन्दै गईरहेको छ ।

प्रतिक्रिया