काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षीय सिंहको उपचारको क्रममा एम्समा उपचारको क्रममा निधन भएको जनाईएको छ । उनको आज (२६ डिसेम्बर, २०२४) राति ८ बजेर ६ मिनेटमा निधन भएको हो ।
सिंह भारतमा दुई पटक प्रधानमन्त्री बनेका थिए । एम्स अस्पतालको मिडिया सेलले सिंहको निधन भएको पुष्टि गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सिंहको निधनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले सिंहले अर्थमन्त्रीको रुपमा भारतको अर्थ नीतिमा ठूलो छाप छोडेको र प्रधानमन्त्रीको रुपमा भारतीय जनताको जीवनस्तर उकास्नको लागि उल्लेखनीय भूमिका खेलेको भनेर सम्झिएका छन् ।
प्रतिक्रिया