कांग्रेस–एमाले गठबन्धनको गाँठो कसिलो बनाउन गम्भीर गगन, देउवा दम्पति दबावमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ पुष २०८१, बिहीबार ०७:५२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा कांग्रेस–एमाले गठबन्धनलाई ०८४ सम्म कायम गर्नको लागि आक्रामक तयारीमा जुटेका छन् । दुई दलबीचको सहकार्य सुरु हुनुअघि यसको सुईंकोसमेत नपाएका थापा गठबन्धन बनेपछि भने एकाएक यसको भारी बोक्न कस्सिए । कांग्रेस र एमाले दुवै दलका प्रभावशाली नेताहरू यतिवेलासम्मपनि यो गठबन्धनलाई दुई दलको गठबन्धन भन्न रुचाउँदैनन् ।

उनीहरु यो गठबन्धनलाई ‘देउवा–ओली’ को स्वार्थको उपज भन्दैछन् । देशलाई सही दिशामा डोर्याउन र संविधान संशोधनमार्फत राजनीतिक स्थायित्व हाँसिल गर्नको लागि आफूहरु मिलेको भनेर अहिलेपनि दुवै दलका शीर्ष नेताहरु फलाकिरहन्छन् । तर, कांग्रेसकै कतिपय प्रभावशाली नेताहरुले स्वार्थको कारण सहकार्य भएको भन्दै सहकार्य लामो नजाने दाबी गरिरहेका छन् । कतिपयले भने देउवाले नचाहेसम्म सरकार ढल्दैन भन्नेपनि दाबी गरेका छन् । दुवै दाबीमा सत्यता छ । दुई दलबीचको स्वार्थ टकराएको दिन सरकार ढल्छ भन्नेमा कुनै द्धिविधता छैन् ।

उता, देउवाले आँफै प्रधानमन्त्री बन्न मन बनाए यो सरकार एक दिनपनि अघि बढ्न सक्दैन् । देउवा र ओलीबीचको रसायन यति मजबुद हुनुमा अहिलेकी परराष्ट्रमन्त्री डा. आरजु राणाको भूमिका रहेको बताईन्छ । आरजुलाई भावी प्रधानमन्त्रीको रुपमा समेत चित्रण गर्न थालिएको छ । राष्ट्रिय राजनीतिमा मात्रै नभएर अन्तर्राष्ट्रिय मञ्चमा समेत आरजुको चर्चा तथा परिचिर्चा हुने गरेको छ । एमालेसँगको सहकार्य तत्काल नतोडिने कुरा आरजुको रुचिमा भर परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्री राणाको असाध्यै राम्रो केमेष्ट्री मिलेको छ । प्रधानमन्त्री ओली उसैपनि देउवाको इशाराबिना चल्नसक्ने अवस्था छैन् । एमालेकै एकथरी नेताले प्रधानमन्त्री ओलीलाई देउवाले बाँधेर राखेको चर्चा गर्न थालेका छन् । ओलीका अनेक दाउ देउवाको कारण दबिएका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ओलीको एक्शन–प्लानबाट गायब भएको महत्वपूर्ण योजना हो ।

देउवाले सुरुमा वचन दिएपनि अन्तिममा पार्टीभित्रको दबाब देखाएर पन्छिएपछि प्रधानमन्त्री दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनबाट रोकिएका छन् । यस कार्यकालको सुरुवातमै आफ्नो पहिलो विदेश भ्रमण चीन सुरु गर्नुअघि बीआरआईमा कांग्रेससँग परेको विवाद र बीआरआईबारे दुई दलबीच समान मत नभएको कुरा ओलीले बिर्सिने कुरै भएन ।

भ्रमण दौरान ओली निराश थिए । तर, अन्तिममा निरन्तरको अनुनयविनयपछि चिनियाँ पक्ष भ्रमणबारे संयुक्त वक्तव्य जारी भैसकेको अवस्थामा पनि बीआरआईसम्बन्धी फ्रेमवर्कमा सम्झौता हुन तयार हुनुलाई एमाले पँक्तिले प्रधानमन्त्री ओलीको भ्रमणको जितको रुपमा लिएको छ । चीन भ्रमणमा जानुअघि नै बीआरआईबारे साझा धारणा बनाउनको लागि दुवै दलले होमवर्क गरेका थिए । जसमा कांग्रेसबाट महामन्त्री गगन थापाले नै निर्णायक भूमिका खेलेको चर्चा छ ।

गगनलाई अन्तर्राष्ट्रिय सन्धी तथा सम्झौताका विषयमा पछिल्लो समय सघाउँदै आएका युवा अधिवक्ता सेमन्त दाहालले कार्यदलमै बसेर बीआरआईमा दुई दलबीच समान धारणा बनाउन सहजीकरणको भूमिका निभाएका थिए । प्रधानमन्त्री ओली भ्रमण सकेर नफर्किँदै कांग्रेसमा उक्त सम्झौताको विरोध सुरु भएको थियो । यसरी विरोध गर्नेमा सभापति देउवानिकट प्रभावशाली नेताहरु नै अग्रपँक्तिमा देखिएका छन् । तर, देउवा भने बीआरआई ऋणमा नलिनेगरि सहमति गरेकोमा प्रधानमन्त्री ओलीप्रति खुशी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१