काठमाडौं । श्री शारदा माध्यमिक विद्यालयमा २०५५ सालमा एसएलसि दिएका विद्यार्थी हरुको समुह एसएलसी ब्याच २०५५ ले सो विद्यालयमा अध्ययन गर्ने जेहेन्दार तथा आर्थिकरुपमा विपन्न भएका विद्यार्थी हरुकोलागि सहयोग पुगोस् भन्ने हेतुले अक्षयकोष स्थापना गरेको छ ।
एसएलसी ब्याच २०५५ले आर्थिक अभावको कारण कोहि कसैलेपनि शिक्षाबाट वन्चित हुन नपरोस् भनेर आगामी बर्ष बाट लागु हुनेगरी रु ५० हजार बराबरको अक्षयकोष स्थापना गरेको हो ।
विद्यालयको ७४ औं बार्षिकउत्सवको अवसरमा यो अक्षयकोष स्थापना गरिएको हो ।
यो व्याचको तर्फबाट डि.बि.पराजुलीले आफ्नो मनतब्य राखेका थिए ।
एसएलसी ब्याच २०५५ले यो बर्ष पनि प्रा.बि.मा अध्ययनरत २ जना ,नि.मा.बि. २ जना र माध्यमिकमा अध्ययनरत २ जना गरि ६ जना जेहेन्दार तथा आर्थिक रुपमा बिपन्न विद्यार्थी हरुकोलागि केहि स्टेशनरी सामाग्री तथा नगद सहयोग गरेको छ ।
एसएलसी ब्याच २०५५का अध्यक्ष अम्बर बहादुर श्रेष्ठ (उमेश) को नेतृत्वमा विद्यालयमा पुगेको टोलिले विद्यालयको ७४ औं बाषर््िाक उत्सवको अवसरमा सो सहयोग वितरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु तिमल्सिनाको शभापतित्व तथा बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, विद्यालयको ७४ औं बार्षिक उत्सवको अवसर पारेर विद्यालयमा लामो समयसम्म योगदान दिएका कर्मचारी तथा शिक्षकहरुलाई समेत दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेको थियो ।
विद्यालयको स्तर उन्नतीकोलागि एसएलससी व्याच २०५५ले गरेको सहयोग प्रति विद्यालयले यो व्याचलाई हार्दिक आभार व्यक्त गरेको थियो ।
प्रतिक्रिया