स्वदेश फर्किईन् परराष्ट्रमन्त्री राणा, हुनै सकेन उच्चस्तरीय भेटवार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०८१, मंगलवार ०६:४२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा १६ दिनपछि स्वदेश फर्किएकी छिन् । डिसेम्बर ७ तारिख जर्मनी प्रस्थान गरेकी मन्त्री राणा डिसेम्बर १९ मा जर्मनीबाट भारत ओर्लिएकी थिईन् । भारत बसाईको क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्ने भनिएको थियो । तर, समकक्षी डा. एश जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदी दुवैसँग उनको भेटवार्ता हुने सकेन ।

उनको यसपटकको भारत भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी भ्रमणको रुपमा पनि हेरिएको थियो । प्रधानमन्त्री ओली स्वयमले आफू छिट्टै भारत भ्रमणमा जाने खुलासा गरेका थिए ।

मन्त्री राणा युरोपमा हुँदै र भारत नआउँदै प्रधानमन्त्री ओलीले आफ्नो गृहजिल्ला झापामा आयोजित एक कार्यक्रममार्फत आफू छिट्टै भारत भ्रमणमा जाने दाबी गरेका थिए । तर, मन्त्री राणाको यसपटकको भारत भ्रमणमा उच्चस्तरी भेटवार्ता नै हुन सकेन ।

कतिपयले उनलाई यसपटक भारतीय पक्षले महत्व नदिईएको भनेर पनि चर्चा गरेका छन् । कतिपयले भने उनी राजनीतिक उद्देश्यले भारत नगएको दाबी गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, पुस ९, २०८१