डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ पुष २०८१, सोमबार १२:२५

रास्वपाले उपसभापति डोलप्रसाद अर्याल (डीपी) लाई कार्यवाहक सभापति बनाउने भएको छ ।सहकारी ठगी प्रकरणमा रवि पक्राउ परेदेखि नै पार्टी सम्हाल्दै आएका उनलाई आजबाट औपचारिक रुपमा कार्यवाहक सभापति बनाउन लागिएको हो ।
कास्की प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसहित तीन अभियोगमा मुद्दा दायर भएको भनेर आइतबार नै सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेको छ । सम्पत्ति शुद्धीकरणको मुद्दासमेत चलेकाले लामिछाने सांसद पदबाट स्वतः निलम्बनमा पर्ने बताइन्छ । डीपीलाई कार्यवाहक सभापति बनाउने विषयमा अर्का उपसभापति डा स्वर्णिम वाग्लेले पनि सहमति दिएको स्रोतको भनाइ छ । रास्वपाले आज जुममार्फत सचिवालय बैठक गर्दैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, पुस १०, २०८१