सहकारी ठगी प्रकरणः रविपत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाईयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ पुष २०८१, आईतवार १४:०८

काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम गरिएको छ ।सम्पत्ति जफतका लागि निकितासँगै पद्‌मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ। उनीहरूको हकमा अदालतबाटै कानुन बमोजिम हुने भनिएको छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, पुस ७, २०८१