सहमतिअनुसार सरकारले काम गरेनः शेखर कोइराला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ पुष २०८१, आईतवार ०६:५७

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस-एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोहीअनुसार जनपक्षी काम गर्नुपर्ने बताए । नेता कोइरालाले पूर्व सहमतिअनुसार सरकार चल्न नसकेको पनि बताए ।

‘यो सरकार संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि बनेको हो । संसद्का ठूला दुई दलबीचको सातबुँदे सहमति भएबमोजिम सरकार चल्नुपर्छ । अहिले सहमतिअनुसार काम नभएको हो कि भन्ने ढङ्गले कुरा भइरहेको छ, यस्तो हुन हुँदैन,’– कोइरालाले भने ।

साथै, पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नरहेको पनि नेता कोइरालाले स्पष्ट पारे । उनी पार्टीका शुभेच्छुक सङ्गठनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन आज धनगढी आइपुगेका हुन् । उनलाई नेता कार्यकर्ताले १५ किलोग्राम फूलको मालासहित भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, पुस ७, २०८१