नेपाली कांग्रेस अमेरिका चुनावमा होमियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ मंसिर २०७१, सोमबार १३:४६

timthumb (3)

अमेरिका | यदि कुनै विशेष भवितव्य परेन भने अबको ठीक एक हप्तामा नेपाली कांग्रेसको भगिनी संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशन टेक्सासमा सुरु हुनेछ | आन्तरिक कलहका कारण विगत सात वर्षदेखि हुन नसकिरहेको यो अधिवेशनले हालको नयाँ विधान परिमार्जन गरी नयाँ विधान दिनेछ भने अर्को तीन वर्षका लागि नेतृत्व चयन गर्नेछ |

 यही नोभेम्बर २२ र २३ मा हुने उक्त अधिवेशनका लागि हालसम्म आनन्द बिष्ट र विष्णु सुबेदीले सभापति पदका लागि आ-आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् भने अधिवेशन स्थल टेक्सासका प्रत्यासीद्वय डा. अर्जुन बन्जाडे र कृष्ण लामिछानेले आजभोलि नै उम्मेद्वारी घोषणा गर्ने कुरा विश्वस्त सूत्रबाट थाहा भएको छ | यता महासचिवमा धनन्जय नरसिंह के सी र मुनिन्द्र नेम्बाङ्गको औपचारिक रूपमा नै उम्मेद्वारी आइसकेको छ भने सुभाष घिमिरेले पनि आजभोलि नै उम्मेद्वारी घोषणा गर्ने बुझिएको छ |

 विष्णु सुबेदीको भनिएकै टिमबाट महत्वपूर्ण पदमा दुई दुई उम्मेद्वारी परेकाले उक्त समूह छिन्न भिन्न हुने बुझिन्छ | यही परिस्थिति कायम रहे अर्को कार्यकालको लागि आनन्द बिष्ट सभापति र सुभाष घिमिरे महासचिव बन्ने अनुमान गर्न सकिने कुरा स्रोत बताउँछ |

प्रतिक्रिया