अपराधजन्य घटनामा वृद्धि,दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ पुष २०८१, बिहीबार ०६:४०

काठमाडौं। पछिल्ला सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । बुधवार नेपाल प्रहरीले चालु आर्थिक वर्ष (२०८१/८२) को पहिलो चौमासिकको तथ्याङ्क सार्वजनिक गर्दै सामाजिक अपराधका घट्नाहरु बढ्दो क्रममा रहेको जनाएको हो ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको मुद्दा दर्ता विवरण सार्वजनिक गर्दै नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले दैनिक औसतमा १६२ वटा मुद्दा दर्ता हुने गरेको बताए । उनले आत्महत्याका दैनिक २० वटा घटना र जबरजस्तीकरणीका दैनिक ७ वटा मुद्दा दर्ता हुने गरेको बताए ।

उनले गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा अपराधका घट्नाहरु बढेको बताए । उनले कर्तव्य ज्यानमा गत वर्षको यो अवधिमा १९३ मुद्दा दर्ता भएको मा यो वर्ष १९२ मुद्दा दर्ता भएको बताए । त्यस्तै जबरजस्तिकरणीमा कात्तिक मसान्तसम्म ८२३ वटा मुद्दाहरू दर्ता भएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा ८०९ वटा मुद्दाहरू दर्ता भएका थिए । जबरजस्ती करणीको उद्योगमा गत आर्थिक वर्षको पहिलो चार महिनामा १६३ मुद्दाहरू दर्ता भएकोमा यस वर्षको सोही अवधिमा बढेर १८६ वटा पुगेको छ । संगठिक अपराधमा गत वर्ष ५ वटा मुद्दा परेकोमा यस वर्ष ३९ मुद्दा दर्ता भएका छन् । लागुऔषधसम्बन्धी मुद्दाहरू गत आर्थिक वर्षको पहिलो चौमासिकमा १ हजार ३६९ रहेकोमा अहिले बढेर १ हजार ६१९ पुगेको छ ।

सामाजिक र आर्थिक अपराध कम गर्नको लागि प्रहरीले देशभर सचेतना अभियान सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, पुस ७, २०८१