काठमाडौं। वडा नम्बर ६(डि) धर्मस्थलीले समाजसेवा युवा क्लबद्वारा आयोजित दोस्रो तार्केश्वर नगरपालिका अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।
ad
तार्केश्वर वडा नम्बर ८ स्थित पिपल डाँडा खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर २(बि) काभ्रेस्थलीलाई पेनाल्टीमा सुटआउटमा हराउँदै वडा नम्बर ६(डि) धर्मस्थलीले दोस्रो तार्केश्वर वडास्तरीय फुटबलको उपाधि जितेको हो । उपाधि विजेता धर्मस्थलिले एक लाख नगदसहित ट्रफि पाएको छ । उपविजेता काभ्रेस्थलीले ५० हजार नगदसहित ट्रफि पाएको छ ।
यस्तै वडा नम्बर ७(बि) फुटुङले वडा नम्बर ३(बि) लाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ। वडा नम्बर ७ को टोलिले पनि वडानम्बर ३ संग बराबरी खेल्दै पेनाल्टीमा जित प्राप्त गरेको हो। तेस्रो स्थानमा चित्त बुझाएको फुटुङको टिमले पच्चिस हजार नगद प्राप्त गरेको छ।
तार्केश्वर नगरपालिकाको सहयोगमा मंसिर १ गते देखि २९ गते सम्म आयोजित प्रतियोगिताका विजेता टिम र खेलाडीलाई नगर प्रमुख कृष्णहरी महर्जन र वडानम्बर ८ का वडा अध्यक्ष श्यामकृष्ण सापकोटाले संयुक्त ट्रफि मेडल र प्रमाणपत्रले सम्मान गरेका थिए ।
प्रतिक्रिया