भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ : प्रधानमन्त्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ पुष २०८१, बुधबार ०६:५५

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरुको मुख नभइ अपराध हेरेर कारबाही हुने बताएका छन्। मंगलबार ललितपुर महानगरपालिकाको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सुशासन हुने समेत दाबी गरेका हुन् ।

‘देशमा भ्रष्टाचार नियन्त्रण गर्नुछ। मैले भनेको छु, भ्रष्टहरुको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ, ‘देशमा सुशासन हुन्छ। जनतालाई दुःख दिन कर्मचारीहरुले पनि पाउँदैन। दिनुहुँदैन।’

प्रधानमन्त्री ओलीले भ्रष्टचार नियन्त्रणबारे यसअघि पनि यस्तै अभिव्यक्ति दिने गरेका थिए। त्यस्तै प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतंकको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रंशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, पुस ७, २०८१