सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई अदालतमा उपस्थित हुन म्याद जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ पुष २०८१, बुधबार ०६:५३

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी भएको छ ।

मोरङ जिल्ला अदालतले मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा यसअघि नै मुद्दा चलेका तर उपस्थित नभएका २५ जनाको हकमा उपस्थित हुन आउनू भनी ३५ दिने म्याद जारी गरेको हो ।

प्रहरीका अनुसार सोही सहकारी प्रकरणमा जोडिएका अन्य १० जनाविरुद्ध भने यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । पक्राउ परेकाबाहेक २५ जनाको हकमा म्याद जारी भएको हो । पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, पुस ७, २०८१