भुटानी शरणार्थी प्रकरणः बेचन र प्रतिकलाई थुनामै राख्न उच्चको आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ पुष २०८१, मंगलवार ०६:४५

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरु बेचन झा र प्रतिक थापालाई थुनामै राख्न आदेश दिएको छ । आफूलाई काठमाडौं जिल्ला अदालतले गैरकानुनी रुपमा थुनामा पठाएको भन्दै बेचनले उच्च अदालतमा निवेदन दिएका थिए । सो निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले बेचन र प्रतिकलाई थुनामै राख्ने सुरु जिल्ला अदालतको आदेश सदर गरेको हो ।

बेचन र प्रतिकलगायत नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, पुस ७, २०८१