मन्त्रिपरिषद्को निर्णयः ऋण सहायता स्वीकार, सचिव सरुवादेखि मन्त्रीको विदेश भ्रमणसम्म

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ पुष २०८१, मंगलवार ०६:४४

काठमाडौं । सरकारले गत मंसिर २७ र २८ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ । गत मंसिर २७ गतेको मन्त्रिपरिषद्ले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको थाइल्याण्ड भ्रमण स्वीकृत गरेको छ । मन्त्री पौडेल आज थाइल्याण्ड प्रस्थान पनि गरिसकेका छन् । बैठकले सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने करिब ११ अर्ब ५५ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले सत्य निश्रपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानुन आयोगको सचिव पदमा र नेपाल कानुन आयोगका सचिव पाराश्चर ढुङ्गानालाई सत्य निरुपण तथा मेलमिला आयोगको सचिव पदमा सरुवा गरेको छ ।

त्यसैगरी एसियाली विकास बैंकबाट हरित उत्थान र समावेशी विकास कार्यक्रमका लागि प्राप्त हुने १०० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने, निर्माणाधिन नागढुङ्गा सुरुङमार्ग अन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानका लागि सैद्धान्तिक सहमति दिनेलगायतका निर्णय भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, पुस ७, २०८१