काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाभित्र रहेका व्यवसायीहरुको संयुक्त सङ्गठन कागेश्वरी मनोहरा चेम्बर अफ कमर्शको पहिलो सम्मेलन सम्पन्न भएको छ । शनिबार थलीस्थित एक रिसोर्टमा भएको सम्मेलनले अमृत खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
चेम्बरका पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा अमर प्रकाश तिवारी चयन भएका छन् भने महासचिवमा राम भडेल, सचिव प्रमोद फुयाल, कोषाध्यक्ष शर्मिला थापा, सह-कोषाध्यक्ष विकेश मानन्धर छन् । यस्तै कार्यसमिति सदस्यहरुमा सरोज भडेल, राजेश श्रेष्ठ, किरण सुवेदी, रामेश्वर श्रेष्ठ, राजेन्द्र ढकाल, महेश्वर श्रेष्ठ, सुरज खड्का र सुदिप श्रेष्ठ चयन भएका छन् ।
नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा विशेष अतिथि संबिधान सभा सदस्य दिपक कुइकेल, नेपाल चेम्बर अफ कमर्स काठमाडौंका अध्यक्ष तथा केन्द्रिय सदस्य कृष्णमान श्रेष्ठ रहेका थिए ।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष सुरज खड्का, ३ का अध्यक्ष राममणी पुडासैनी, ६ का अध्यक्ष प्रकाश फुयाल, ९ का अध्यक्ष अनिल थापा, चेम्बर अफ कमर्श शंखरापुरका अध्यक्ष दिलिप श्रेष्ठ, बाणिज्य बैंकका प्रतिनिधि रीना मानन्धर, जनसुरक्षा सहकारीका सुमन बज्राचार्य, शिवहरी पौडेल, संबिधान सभा सदस्य दिपक कुइकेल, चेम्बर काठमाडौंका अध्यक्ष कृष्णमान श्रेष्ठलगायतले बोलेका थिए । जनप्रतिनिधिहरुले उद्योगी व्यवसायीहरुले सेवाग्राहीहरुको हकहितमा काम गर्दै सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै जानु पर्ने बताए ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा नगर प्रमुख कार्कीले विकासको गति दिन स्थानीय सरकार र उद्योगी तथा व्यावसायीहरु बीच सहकार्य हुनुपर्ने बताए । उनले पालिकाले स्थानीय व्यवसायीसँग सहकार्य गर्दै उत्पादन बढाउने उद्योग तथा उद्यमीहरूलाई सहयोग गर्ने पनि बताए ।
प्रतिक्रिया