काठमाण्डौ। बुढानिलकण्ठ नगर प्याब्सनको अध्यक्षमा राधेश्याम श्रेष्ठ निर्वाचित भएका छन । बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा रहेको लेमन ट्री होटलमा भएको तेश्रो साधारणले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
उक्त साधारण सभाबाट नगर कार्यसमितिको उपाध्यक्षमा टिका गौतम निर्वाचित भएका छन भने सचिवमा कृष्ण प्रसाद लामिछाने र कोषाध्यक्षमा बिष्णु चन्द्र अधिकारी निर्वाचित भएका छन।
सो तेश्रो साधारण सभाले नगर कार्यसमितिको सदस्यहरुमा रुपक लामिछाने ,नवराज भट्ट ,शर्मिला के. सी.र इन्द्रमणी दाहाललाई निर्वाचित गरेको छ।
प्रतिक्रिया