फेरि पक्राउ परेपछि दुर्गा प्रसाईँको प्रतिक्रिया, ‘यो तस्करसँगको लडाईँ हो’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०८१, शुक्रबार ०६:४०

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अदालत परिसरबाट फेरि पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले प्रसाईँलाई ४० हजार धरौटीमा छाड्ने आदेश दिएपनि उनी आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसूर मुद्दामा छानविनका लागि फेरि पक्राउ परेका हुन् ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने कार्यमा प्रसाईँको संलग्नताबारे छानविन भइरहेको छ । सो समूहका नाइके हरिचन्द्र फुयाल पनि प्रहरी हिरासतमा नै छन् । प्रसाईँको पुनः गिरफ्तारीविरुद्ध उनका समर्थकहरुले अदालत परिसरमा नै नाराबाजीसमेत गरेका छन् ।

धरौटी रकम बुझाएर हात हल्लाउँदै अदालत परिसरमा आइपुगेका उनलाई प्रहरीले पक्राउ गरेका थिए । सो क्रममा उनले आफूले तस्करसँग लडाईँ लडिरहेको बताए । ‘यो तस्करसँगको लडाईँ हो है, तस्करसँगको,’– उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, पुस ७, २०८१