प्रधानमन्त्री ओलीद्वारा बुढानिलकण्ठका तिन वडा सहित कपन ह्यान्डबल मैदान २८ गते उद्घाटन गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०८१, बिहीबार ०७:००

काठमाण्डौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मंसिर २८ गते (शुक्रबार) बुढानीलकण्ठ नगरपालिकामा निर्माण सम्पन्न भएका तिन वडा कार्यालय भवन सहित कपन ह्यान्डबल मैदान उद्घाटन गर्ने भएका छन ।

नगरपालिकाको अनुसार सोहि दिन वडा नं. ०१, ०२ र वडा नं. ०७ को नवनिर्मित प्रशासनीक भवन र कपनमा रहेको नगरपालिकाकै गौरवशाली परियोजना कपन ह्याण्डबल खेल मैदान उद्घाटन हुने भएको हो ।

प्रधानमन्त्री ओलीले मङ्सिर २८ गते दिउँसो १ः४५ बजे तौलुङ्गमा रहेको वडा नं १ को प्रशासनीक भवन उद्घाटन गरेर २ बजे घुम्ती स्थित वडा नं २ को भवन उद्घाटन गर्नेछन भने २ः३० बजे डढुगाँउमा रहेको वडा नं ७ र ३ः०० बजे कपन ह्याण्डबल खेल मैदानको उद्घाटन गर्नेछन ।
सो दिन हुने उद्घाटन कार्यक्रमहरुमा नगर प्रमुख मिठाराम अधिकारीले सम्पुर्ण नगरवासीहरुलाई उपस्थितिका लागी अनुरोध गरेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, पुस ७, २०८१