अख्तियारद्वारा बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०८१, मंगलवार ०६:५५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरेको छ।

सिलवालमाथि आफ्नो झुटो जन्ममिति देखाउदै कूटनीतिक राहदानी, विशेष राहदानी, र अन्य सुविधाहरू प्राप्त गरेको आरोप लागेको छ। अनुसन्धानका क्रममा विभिन्न कागजातमा उनले फरक-फरक जन्म मिति प्रयोग गरेको तथ्य फेला परेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनका अनुसार त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा २०१५/०४/१५ मिति उल्लेख गरे पनि राहदानी आवेदन फारममा भने २०१८/०७/२४ मिति देखाइएको छ।

उक्त विवरणका आधारमा सिलवालले ६५ वर्षको उमेरमा अनिवार्य अवकाश लिनुपर्ने नियम उल्लंघन गर्दै २०८० साल साउन १६ पछि पनि पदमा बसेर सेवा सुविधा र अधिकारको दुरुपयोग गरेको पाइएको अख्तियारको ठहर छ।

विशेष अदालतमा दायर आरोप पत्रमा सिलवालविरुद्ध ३६ लाख ६२ हजार १ सय ५४ रुपैयाँ बराबरको भ्रष्टाचार आरोप लगाइएको छ। साथै, उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार कारबाही गर्न माग गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, पुस ७, २०८१