धनगढीका प्रमुख हमाललाई थप उपचारका लागि दिल्ली लगियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ मंसिर २०८१, आईतवार ०६:५३

सुदूरपश्चिम ।  स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि  नयाँ दिल्लीतर्फ लगिएको छ ।

नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायले उहाँलाई गएराति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि  नयाँ दिल्ली लगिएको जानकारी दिए ।

श्वास फेर्न समस्या भएपछि गएराति नै उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी नगर प्रमुखमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, पुस ७, २०८१