वाईडबडी भ्रष्टाचार काण्ड : सुगतरत्न कंसाकारसहित चार जना दोषी ठहर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ मंसिर २०८१, शुक्रबार ०६:१९

काठमाडौं । बहुचर्चित भ्रष्टाचार काण्ड (वाईडबडी विमान खरिदमा भ्रष्टाचार) मा विशेष अदालतले नेपाल वायुसेवा निगमका तत्कालिन अध्यक्ष शंकरप्रसाद अधिकारीसहित चार जनालाई भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको छ ।

आज (बिहीबार) विशेष अदालतको फैसलाको संक्षिप्त आदेश सार्वजनिक भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासबाट यो फैसला भएको हो।

जसमा तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर गरेको हो । कंसाकारलाई २ वर्ष ६ महिना कैद तोकेको छ । यस्तै, उनलाई १२ करोड २५ लाख ९० रूपैयाँ जरिवाना पनि तोकिएको छ । कंसाकार अहिले ७४ वर्ष पुगिसकेकोले ज्येष्ठ नागरिकको लाभ लिँदै कैदमा ५० प्रतिशत छुट पाउनेछन् । जुन कुरा अदालतको फैसलामै लेखिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, पुस ७, २०८१