रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणमा खटिएका ५ जना मजदुरको दुर्घटनामा परेर दुखदः मृत्यु भएको छ । बिहान करीब १० बजे पुल बनाउन खाल्डोमा काम गर्ने क्रममा मजदुरलाई माथिबाट खसेको पहिरोले पुरेको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएकामा तीन पुरुष र दुई महिला छन् । पुल बनाउने जिम्मेवारी लिएको ठेकेदार कम्पनी एल.बी.एन्ड पल्लभी जक्सन जेभी निर्माण सेवाअन्तर्गत ती मजदुर काममा खटिएका थिए ।
प्रतिक्रिया