मलेसियामा कारको ठक्करबाट खोटाङ्गे यूवाको निधन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ मंसिर २०७१, सोमबार १०:४६

प्रदिप राई
 mauwabotekomarne

क्वालालम्पूर, मलेसिया । रोजगारको सिलसिलामा मलेसिया आएका पौवासेर ७ खोटाङ्का वियोग (बिकल) बान्तावा राई कारको ठक्करबाट (हिजो शनिवार) निधन भएको छ ।
    मलेसियाको राजधानी नजिकै रहेको केलाङ् भेचीउड इन्टरप्रइजेज केलाङ कम्पनीमा कार्यरत राई गतहप्ता होस्टेल नजीकै साइकलयात्रा गर्नेक्रममा विपरित दिशाबाट आइरहेको कारको ठक्करबाट घाइते राइको केलाङ् अस्पतालमा उपचारको क्रममा मृत्यू भएको स्रोतले जनाएको छ । राइको शवलाई पोष्टमार्टमको लागी केलाङ् अस्पतालमा राखिएकोछ र चाडै नेपाल पठाउने पहल भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ । मृतक राइको घरमा आमा अशक्त र २ वर्षको नावालक छोरा र श्रीमती रहेको स्रोतले बताएको छ । गत आठ महिना अगाडीमात्र काठमाणडौको गौरिसङ्खर मेनपारबाट मलेसिया आएको राईको पारविारीक आर्थीक स्थिती पनि नाजुक रहेको हुँदा आर्थिक सहयोग गर्नुपर्ने भएको हुँदा किरात पुमा राई तुप्खावाङ्खाला मलेसियाका सचिव लोकेन पुमाले पहल समेत अगाडी बढाइरहेको बताएकाछन् साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सहयोगको समेत अपिल गरेकाछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१