टोखा नगरपालिका वडा ५ को आयोजनामा बिध्यार्थीहरुको क्षमता बिकास सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०८१, आईतवार ०७:०६

काठमाडौँ । टोखा नगरपालिका वडा ५ को आयोजना तथा बोष्टर मिडियाको सहजीकरणमा आयोजित बिध्यार्थीहरुको क्षमता बिकास सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ ।
वडा न ५ स्थित ओडीसि इन्टरनेसनल एकेडेमीको सभाहलमा भएको कार्यक्रममा बिध्यार्थीहरुको सकारात्मक सोच भावना र क्षमता अभिबृद्धि सम्बन्धि अभिमुखिकरण तथा आत्मविश्वास सहितको जागरण पैदा गर्नको लागि आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा राजेन्द्र प्रसाद न्यौपानेले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

टोखा नगरपालिका वडा ५ का वडा सदस्य अन्जना बोहोराको सभापतिमा भएको कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिका वडा ५ का वडा अध्यक्ष मदन गुरुङ हुनुहुन्थ्यो भने बिशेष अतिथिमा नगरपालिका कार्यपालिका सदस्य प्रेम कुमार सुनार,नगरपालिकाको शिक्षा शाखाका शिक्षा अधिकृत खगेन्द्र सिंह धामी र स्कुलका प्राध्यापक नारायण रोक्का सहित शिक्षकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पत्रकार मुकुन्द ढुंगानाले कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण बोष्टर मिडियाले गरेको थियो । कार्यक्रमको प्रशिक्षक राजेन्द्र प्रसाद न्यौपाने रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिका वडा ५ का वडा अध्यक्ष मदन गुरुङले दृढ इच्छाशक्ति र संकल्पलेनै बिध्यार्थीहरुलाई सफलताको शिखरमा पुर्याउने हुनाले निरन्तर योजना सहित संघर्ष गरी अगाडि बढ्नुपर्ने कुरामा जोड दिदै यस्ता कार्यक्रमले सबैको मनोबल बलियो भएर दृढता पुर्बक आत्मबल बढ्ने हुदा यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।

नगरपालिकाको शिक्षा शाखाका शिक्षा अधिकृत खगेन्द्र सिंह धामी ले बिध्यार्थीहरुको काम कर्तब्य र अधिकार, ब्यवहार सम्वन्धी सिद्धान्त, सहभागितामूलक सिद्धान्त, बर्तमान समयमा हुनुपर्ने बिध्यार्थीहरुको बिषयबस्तुहरु साथै ब्यक्तित्व विकासहरुका आयामहरुको बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बिध्यार्थीहरुको क्षेत्रमा उत्कृष्ट काम गर्न वा सो क्षेत्रमा सिर्जनशील, ज्ञान, सीप र अनुभवलाई प्रयोग गरी समाज र राष्ट्र विकासमा अनुकरणीय योगदान पुगोस भनि बिध्यार्थीहरुको लागि सम्बन्धित तालिम संचालन गरिएको मुकुन्द ढुंगानाले जानकारी गराउनु भएको थियो ।

तालिममा सहभागीहरुले यस्ता कार्यक्रमले कार्य सम्पादनमा थप बल पुग्ने हुदा आगामी दिनमा पनि राख्नुपर्नेमा जोड दिनुभयो । तालिममा सहभागी १६० जना बिध्यार्थीहरुको उपस्थिति रहेको थियो भने बिध्यार्थीहरु सबैलाई स्टेशनरी सहित खाजाको ब्यबस्था गरिएको थियो । कार्यक्रमको समापन टोखा नगरपालिका वडा ५ का वडा सदस्य अन्जना बोहोराले गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर १६, २०८१