तेस्रो शशीकला इन्टर स्कुल क्वीज प्रतियोगिता सञ्चालन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ मंसिर २०७१, सोमबार ०७:५६

IMG_3721

श्री कृष्ण प्रणामी युवा परिषद नेपालले तेस्रो शशीकला इन्टर स्कुल हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ ।  श्री कृष्ण प्रणामी सत्संग भवन गंगबुमा कार्तिक २९  र ३० गते सञ्चालन उक्त क्वीच  प्रतियोगितामा २३ माध्यमिक बिद्यालयका ४२ जना विद्यर्थीहरु सहभागी थिए । २ दिने उक्त क्वीच प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि चर्चित उपन्यास समर लभका उपन्यासकार IMG_3710सुबिन भटराईले धार्मिक स्तरको युवा परिषद्ले सामाजिक कामसँगै शैक्षिक स्तरको बौद्धिक ज्ञानप्रवद्र्धक कार्यक्रम सञ्चालन गरेकोमा खुशी व्यक्त गर्नुभयो ।IMG_3726 कुनै पनि क्षेत्रमा रहेर पनि सामाजिक तवरबाट बौद्धिक र ज्ञानबद्र्धक कार्यक्रम त्यो पनि बिद्यार्थीस्तरको पहुँचमा पुर्याउनु श्री कृष्ण प्रणामी युवा परिषद्को सर्हानीय रहेको बताउदै बिद्यार्थीहरुलाई अहिलेको प्रतिस्पर्धी युगमा आफूलाई हरेक क्षेत्र र विषयको ज्ञानका लागि वादविवाद, वैयक्तित्वकला र क्वीच प्रतियोगितातर्फ आफू भित्री IMG_3717तवरबाटै प्ररित रही भाग लिन हिच्किचाउनु नहुनेतर्फ सुझाव quiz contest2071IMG_3711   IMG_3716  IMG_3721 IMG_3709व्यक्त गर्नुभयो । परिषद्का  अध्यक्ष अर्जुन प्रसाद भेटुवाल भन्नुहुन्छ यस्ता किसिमका क्वीच प्रतियोगिताले विद्यर्थीहरुको चौतर्फी विकास गराई बौद्दिक विकास समेत गराउछ । परिषद्का सचीव किरण पाण्डे बताउनुहन्छ ७ स्कूलको सहभागीताबाट सञ्चालनमा आएको यो क्वीज प्रतियोगिता तेस्रो चरणमा आइपुग्दा २३ स्कूलहरुको सहभागीता रहनुमा बिद्यार्थी भाइबहिनीहरुको क्वीज प्रतिस्पर्धामा आफ्नो बैद्धिक क्षमताको उच्च प्रदर्शन गर्ने अवसरको रुपमा विकास भएकोले हो । तेस्रो शशी कला अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा भाग लिने स्कूलहरु यसप्रकार रहेका थिए ।

1)      Lunar English Boarding School

2)      Kamana School

3)      Deepjyoti School

4)      Greenland School ‘A’

5)      Greenland ‘B’

6)      Bishnumati School ‘A’

7)      Bishnumati School ‘B’

8)      Flourescent H.S.S.

9)      Peace-Land Academy

10)   Pushpa Kunja High School

11)   Third Eye Sec Boarding School

12)   Tilingatar Higher Sec School

13)   Moon Star Academy

14)   National Model Science School

15)   Swati Sadan Higher Secondary School

16)   Shree Shivapuri Higher Sec School

17)   Divya Kanti School

18)   Ever Young English Academy

19)   Navodit School

20)   Babyland School

21)   Guheswori School

22)   People’s Academy

23)   New Castle

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१