३ वर्षपछि कांग्रेसको पदाधिकारी पूर्णता, उमेश श्रेष्ठ कोषाध्यक्षमा मनोनीत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०८१, सोमबार ०६:४३

काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । महाधिवेशन भएको लामो समयपछि कांग्रेसले पदाधिकारी टुंगो लगाएको हो । कांग्रेस सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई मनोनित गरेका हुन् ।

उनी कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । कांग्रेसको विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र ए कोषाध्यक्ष पदाधिकारी रहन्छन् । अन्य पदमा निर्वाचन हुने भए पनि कोषाध्यक्ष सभापतिले मनोनयन गर्न पाउँछन् । सोही अनुसार सभापति देउवालाई श्रेष्ठलाई मनोनित गरेका हुन् ।

नेपाली कांग्रेसको १४औँ महाविधेशन २०७८ साल मंसिर २४ गते भएको थियो । महाधिवेशन सम्पन्न भएको ३ वर्षपछि मात्रै कांग्रेसको पदाधिकारीले पूर्णता पाएको हो । १६७ सदस्यीय केन्द्रीय समितिका ३३ जना केन्द्रीय सदस्य सभापति देउवाले मनोनीत गर्ने व्यवस्था कांग्रेसको विधानमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१