काठमाडौं। याे मंसिरको महिना हाे । यो महिना आउने बित्तिकै धेरैको मनमा आउने एउटा कुरा हो– विवाहको लगन ।
मंसिरमा विशेष गरी विवाहका लगन हुने गर्छन् । विवाह गर्ने महिना नै भनेर भन्दा पनि फरक नपर्ला ।
तर यसपाली यो महिनाले धेरैको मनमा निराशा छाइदिएको छ । कारण यो मंसिरमा एक मात्रै विवाहको लगन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
याे वर्षैभरी जम्मा विवाहको लगन १७ दिन मात्रै परेका थिए । विवाहको महिना मानिने मंसिरमा भने एक दिन मात्रै साइत परेको छ । सबै भन्दा धेरै त यसपाली फागुन महिनामा परेको छ ।
यो महिनामा ८ गते मात्रै विवाहमूहूर्त छ । मंसिर ८ गतेसम्म विवाह गर्न नभ्याउनेले लगान जुराएर बिहे गर्ने हो भने २ महिनासम्म कुर्नुपर्ने हुन्छ । किनकि माघमा दुई दिन मात्रै विवाहको लागि साइत परेको छ । माघ ४ र २५ गते विवाह गर्नको लागि साइत जुर्छ ।
यस्तै, सबैभन्दा धेरै लगन फागुन महिनामा परेको छ । फागुन १, ६, ८, ९, १३, २२, २३ र २८ गते गरी ८ दिन लगन जुरेको छ ।
प्रतिक्रिया