बुढानिलकण्ठको लेखा परिक्षण प्रतिवेदनमा कायम बेरुजु ७ करोड १८ लाख ६ हजार ३९४

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ मंसिर २०८१, शुक्रबार ०७:०७

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकामा आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखा परिक्षण प्रतिवेदनमा कायम बेरुजु ७ करोड १८ लाख ६ हजार ३९४ रुपैया २१ पैसा देखिएको छ।
महालेखा परीक्षकको कार्यालयले तयार पारेको अन्तिम प्रतिवेदनमा २ करोड १७ लाख ५३ हजार ६४८ रुपैया १३ पैसा अशुल गर्नुपर्ने बेरुजु देखिएको छ भने ५२ लाख २ हजार २२४ रुपैया ५ पैसा अनियमित भएको बेरुजुका रुपमा रहेको छ।
त्यस्तै सो प्रतिवेदनका अनुसार प्रारम्भिक प्रतिवेदनमा देखिएको बेरुजु १६ करोड ११ लाख ६७ हजार ९८४ रुपैया ४ पैसा रहेको छ भने प्रारम्भिक प्रतिवेदन उपर फर्छ्यौट गरि सम्परीक्षण भएको रकम १० करोड ६२ लाख ७३ हजार ४७७ रुपैया ८३ पैसा रहेको छ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको अंश :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर ७, २०८१