दुर्गा प्रसाईंमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान, दुबईमा कम्पनी खाेलेकाे पुष्टि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ मंसिर २०८१, शुक्रबार ०६:४२

काठमाडौँ ।  मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अगाडि बढाएकाे छ ।

प्रसाईंमाथि दुबईमा एक कम्पनी खोलेर नेपालबाट ठूलो रकम विदेश पठाएको आश‌ंकामा अनुसन्धान भइरहेकाे छ । विभागका निर्देशक ऋषिराम पाेखरेलले यस विषयमा सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरिरहेकाे शिलापत्रलाई जानकारी दिए ।

व्यावसायिक सम्बन्ध बनाउन यूएईका राजकुमार नेपालमा, दुर्गा प्रसाईं भन्छन्- मलाई ६ महिनादेखि पछ्याइएको थियो
आफूमाथि अनुसन्धान हुनेबारे प्रसाईंले सूचना पाएपछि उनी दुबई गएर बस्ने तयारी गरेकाे सुरक्षा स्राेतकाे दाबी छ । विभाग स्राेतका अनुसार याे विषयमा अनुसन्धानका लागि अनुसन्धान अधिकृत ताेकेर काम भइरहेकाे छ । पछिल्लाे दुई महिनादेखि अनुसन्धान भइरहेकाे याे विषयमा बुझ्न गत महिना प्रसाईंलाई विभागमा बाेलाइएकाे थियाे ।

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रशासनको अनुमति
प्रसाईंनिटक एक जनाले बिहीबार प्रसाईं दुबई जाने तयारीमा रहेकाे दाबी गरेका छन् । शिलापत्रलाई प्राप्त डकुमेन्टअनुसार प्रसाईंले दुबईमा ‘दुर्गा प्रसाईं इन्भेस्टमेन्ट को. एलएलसी’ नामको कम्पनी खोलेको खुलेको छ ।

दुर्गा प्रसाईंसहित उक्त कम्पनीमा निराजन प्रसाईंसमेत पार्टनर छन् । उक्त कम्पनीमा दुबईका सेख मोहम्मद पनि पार्टनर छन् । केही महिनाअगाडि दुबईका एक जना सेख नेपाल आएर उनलाई भेटेका थिए ।

त्यतिबेला प्रसाईंले नेपालमा आफूलाई मेडिकल व्यवसाय गर्न नदिइएकाले दुबईमा व्यवसाय गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । नेपालकाे कानुनअनुसार विदेशमा लगानी गर्न पाइँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर ७, २०८१