काठमाडौँ । कम्बोडियाको एक टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको भन्दै दुर्गा प्रसाईंले सार्वजनिक गरेको कागजात प्रसारण गर्ने युट्युब च्यानलहरूलाई कारबाही गरिएको छ । त्यस्तो सामग्री प्रकाशन गर्ने १२ वटा युट्युब च्यानल बन्द गरिएको सीआईबीका एआईजी दीपक थापाले रातोपाटीलाई बताए ।
सो सामग्री अपडेट सेरोफेरो र मेडिकल व्यवसायी दुर्गा प्रसाईको फेसवुक एकाउन्टबाट पनि सार्वजनिक गरिएको थियो । सामग्री प्रकाशन गर्ने ३ वटा युट्युब दर्ता बिना नै सञ्चालन गरेको भेटिएको छ । ती युट्युबका सञ्चालकलाई कारबाही गर्न प्रेस काउन्सिलले प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।
प्रधानमन्त्रीले कम्बोडियामा करोडौं लगानी गरेको भन्दै कागजात सार्वजनिक गरेका थिए । तर, प्रारम्भिक अनुसन्धानबाट ती कागजात फर्जी रहेको देखिएको एआईजी थापाले जानकारी दिए । प्रसाईंलाई पक्राउ गरेर प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया