काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले माफी मागेका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा मन्त्री पाण्डेसँग आवेशमा आएर आफू बोलेको एवं सामाजिक सञ्जालमा लेखेको भनी बजगाईंले माफी मागेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समितिका संयोजक आनन्द ढुङ्गाना समेत रहेको छलफलमा बजगाईंले आवेशमा आएर अभिव्यक्ति दिनु गलत भएको बताएका थिए ।
मन्त्री पाण्डे र सांसद बजगाईंलाई अनुशासन समितिले केन्द्रीय कार्यालय बोलाएको थियो । पार्टी केन्द्रीय कार्यालयमा सांसद बजगाईंले आत्मआलोचना सहितको स्पष्टीकरण बुझाएका छन् ।
प्रतिक्रिया