काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुने बताएका छन् ।
नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५ औं स्थापना दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भारत लगायतका देशहरुमा पनि यही व्यवस्था रहको बताए । उनले अगाडि भने, ‘संविधान संशोधन किन भनिरहेका छन् । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने खास हाम्रो सल्लाह भएर नै संविधान संशोधन भनिएको हो ।’
सरकार गठनका क्रममा कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा संविधान संशोधनको विषय समेत उल्लेख छ । कांग्रेस सभापति देउवाले प्रजातन्त्रबिरुद्ध हुने गरी संविधान संशोधन नहुने स्पष्ट पारे । उनले भने, प्रजातन्त्रलाई कमजोर बनाउने कुरा मै मान्दिनँ। धेरै लडेको मान्छे हो, प्रजातन्त्रको लागि, जेल परेको मान्छे हो । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रजातन्त्रको लागि लडेको मान्छे हो ।’
प्रतिक्रिया