किवानिज नेपालको वर्तमान अवस्था – दामोदर ढकाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ मंसिर २०८१, बुधबार ०६:१६

किवानिज भन्ने वित्तिकै हामी सबैलाई थाहा भएको कुरा हो यस संस्थाले बालबालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, युवा लिडरशिप, वातावरण र खेलकुदका बिभिन्न पाटाहरुमा संसारभरी सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यसै सन्दर्भमा नेपालमा पनि सन् २०१५ मा सुजन कुमार श्रेष्ठको नेतृत्वमा किवानिज नेपाल डिष्ट्रिकको गठन भएको तथ्य सबै माझ जग जाहेर नै छ ।

तत्पश्चात सन्२०१७ जेजु कन्भेन्सनबाट किवानिज नेशनको मान्यता प्राप्त भई सोहि वर्ष अक्टोवर १ देखी किवानिज प्रोभिजनल डिष्ट्रिकको मान्यता प्राप्त गर्दै सन् २०१९ लोरिडा अन्तराष्ट्रिय कन्भेन्सन बाट किवानिज फुल डिष्ट्रिकको मान्यता प्राप्त किवानिज नेपाल डिष्ट्रिकले स्थापना कालको छोटो समयमा नै ऐतिहासिक कार्यहरु सम्पादन गरी अन्तराष्ट्रिय रुपमा आफुलाई एक ससत्त र सुदृढ डिष्ट्रिकको रुपमा पहिचान बनाउन सफल भएको इतिहास छ । पवित्र उद्देश्यका साथ स्थापित यस संस्थाको गरिमालाई उचो वनाउनु सबै किवानिजहरुको दायित्व हो ।

स्थापना काल देखी नै फरक इस्यु, एजेन्डाहरुलाई समेत एकिकृत र संस्थागत गर्दै अघि बढिरहेको यस संस्थाले नेपालको दुरदराजमा छरिएर रहेको गरिब निमुखा बालबालिकाहरुको शिक्षा, स्वास्थ्य क्षेत्रमा अनवरत सेवा गर्दै आइरहेको
तथ्य सबै सामु छर्लङग छ।

यो संस्था स्थापना गर्न अहोरात्र खटिनुहुने व्यक्तिहरुको अस्तित्व समेत वर्तमान अवस्थामा अल्पमत र बहुमतको आधारमा नस्विकार्ने परिपाटिको शुरुवात नेतृत्व तहबाट भैरहेको ज्वलन्त उदाहरण यस वर्षको डिष्ट्रिक बोर्ड बैठक बाट पेश गरियो । जसले किवानिज नेपाललाई अतुलनिय योगदान गर्नु भएको छ त्यस्ता व्यत्तित्वलाई सम्मान गरिनुको सट्टा तिस्कार गरिएको छ ।

महिला नेतृत्वलाई अगाडी बढाउनु पर्नेमा महिलाहरु घरको कामकाजमा ब्यस्त हुनु पर्ने घर सम्हानु पर्ने महिलाहरुले लिडरशिप गर्ने सक्दैनन्भन्ने उदाहरणहरु नेतृत्व लेभल अझ भनौ अन्तराष्ट्रिय नेतृत्व गर्ने नेतृत्वकर्ताबाट भएको छ ।
संस्थापकहरुलाई निस्तृज गर्ने खोजिएको छ , अझ भनौ जसको बलमा नेतृत्वमा पुगिएको छ आज त्यहि ब्यक्तिलाई नजरअन्दाज गरिएको छ । सत्यतामा किवानिजलाई संस्थागत गरी सर्भिस प्रोजेक्टरहरु मार्फत सामाजिक कार्यका हातहरुलाई एकताबद्ध गर्नुपर्नेमा सामाजिक हातहरु राजनितिक आधारमा,तेरो र मेरो आधारमा, आफन्तका आधारमा छिन्नभिन्न गरिएको छ ।

बिभिन्न कालखण्डमा राम्रा राम्रा सर्भिस प्रोजेक्ट गरी अवार्डेड ब्यक्तित्वहरुलाई गुटको आधारमा तिस्कार, वहिस्कृत गरी चाकडी चाप्लुसीको आधारमा नेतृत्व चयन गरिनेगरिएको छ यसको ज्वलन्त उदाहरण २०२४–०२५ को गर्भनर कृष्णा प्रसाद ज्ञवाली ले प्रस्ताव गर्नु भएको नामहरु अमिश ढकाल, नविन खतिवडा, रेशम बहादुर पोख्ररेल बहुमतको आधारमा अस्विकृत गरी पुन द्रोस्रो पटक नाम प्रस्ताव गर्न लगाई द्रोस्रो पटक प्रस्ताव गरिएको नामहरु नम्रता गुरुङ, शान्ता भट्ट, धन माया सिंजालिको नाम अस्विकृत गरी आ नो मनखुस नामहरु प्रस्ताव गरी गर्भनरलाई समेत पिंजडामा बन्धक बनाउनुको अर्थ के ? यसले किवानिज नेपालको संस्थागत बिकास गर्न सक्ला ? किवानिज नेपाल सम्वृद्ध बन्न सक्ला ? पाचौँ गर्भनर सम्म अल्पमत र बहुमतको आधारमा नियुक्ती प्रकृयाहरु भएका थिएनन्र हुनु पनि हुदैन् सचिव, कोषाध्यक्ष किवानिज चिल्डेन फण्ड नेपालको चियर नियुक्ती प्रक्रिया गर्भनरको ,प्रस्तावमा गर्भनरलाई कार्य सम्पादन गर्न सजिलो हुने गरी प्रस्ताव हुने र डिष्ट्रिक बोर्डले अनुमोदन गर्ने परिपाटी हो न कि अल्पमत र बहुमतको आधारमा बिधानमा भएको व्यवस्था पनि गर्भनरको प्रस्तावलाई बोर्डले अनुमोदन गर्ने छ भन्ने नै हो त्यहाँ कुनैपनि शब्दमा गर्भनरको प्रस्तावलाई अस्विकृत गर्ने बिधानले कल्पना गरेको छैन । तर हाल आएर गर्भनरलाई बहुमतको आधारमा कार्य सम्पादनमा, एजेन्डामा गर्भनरको प्रस्तावमा गर्भनरलाई बन्धक बनाउने प्रस्तावलाई लत्याउने आफ्नालाई स्थापित गर्ने राम्रा लाई विस्थापित गर्ने परिपाटीको बिकाश गरिएको छ, भएको छ यो नितान्त किवानिजकोसिद्धान्त विपरित छ । यस्तो अवस्था आउनुमा नेपालको प्रतिनिधित्व गदै अन्तराष्ट्रिय बोर्डको नेतृत्वमा पुगेका ब्यक्तिको मुख्य हात रहेको कुरामा कसैको दुई मत हुन सक्दैन्अमुक ठाउँमा डिष्ट्रिक बोर्ड मिटिङको पुर्वसन्ध्यामा आ ना गुटको मानिसहरुको भेला बोलाउने गर्भनरलाई असफल बनाउने योजना एजेन्डा तय गर्ने गोप्य मिटिङ आयोजना गर्ने गुटलाई बलियो बनाउन योजना बनाउने कसैलाई सिध्याउने कसैलाई स्थापित गर्ने गुटको र्सिजना गर्ने संस्थालाई अगाडी बढाउन बाधक बन्ने र आफुले आफुलाई म र्शिष हु, म सबै भन्दा ठुलो हु म अन्तराष्ट्रिय नेता हो, भन्ने परिपाटिको र्सिजना गराउनुले किवानिज नेपाल डिष्ट्रिक गम्भिर संकटमा पुगेको छ । साथै निवर्तमान गर्भनर, गर्भनर इलेक्ट, भाइस गर्भनर समेत ट्रष्ट्रिसगं मिली किवानिज नेपाललाई वर्तमान गर्भनरको इस्यु र एजेन्डासंग सहमत नभई गुट र्सिजना गर्न सकृय हुदाँ किवानिज नेपाल डिष्ट्रिक निष्क्रिय हुन पुगेको छ ।

डिष्ट्रिक कन्भेन्सनको मुखमा कपोलकल्पित क्लवहरु निमार्ण गर्ने न हिजो न आज किवानिज तर निर्वाचनको एक दिनलाई किवानिज बनाई प्रतिनिधि छनोट गर्ने निर्वाचन जित्ने र सत्यतामा किवानिजमा योगदान गरेका किवानियनहरुलाई विस्तापित गरी किवानिजमा साशन चलाउछु, किवानिजलाई आ नो मुठ्ठिमा राख्छु, सेवामा होइन चुनावमा खर्च गरी नेता बन्छुभनी दृढ संकल्प बोकी आउनेहरुको कारण किवानिज डिष्ट्रिक दुरदसा तिर लागेको छ ।  किवानिज नेपालको वर्तमान बोर्ड किवानिज नेपालको इतिहास र विगतलाई भुल्न चाहन्छ बोर्ड बैठकमा संस्थापकहरुको अस्तित्वलाई स्विकार सम्मान गर्नुको सट्टा अपमान गर्न आतुर छ, इतिहास साक्षि छ जसका कारण आज कुर्सिमा बिराजमान छन्उनै ब्यक्तिहरुको खिल्ली उडाउन अपमान गर्न लामबद्ध छन आज रेशम पोख्ररेललाई नचिन्ने किवानिज नेपाल डिष्ट्रिक बोर्डका महोदयहरुले भोलिका दिनमा संस्थापक गर्भनर सुजन कुमार श्रेष्ठ र पाष्ट गर्भनरहरुलाई पनि चिन्दैनौ भनेमा अन्यथा हुने छैन, किनकि आजका दिनमा किवानिज नेपालको नेतृत्वदायी भुमिकामा रहनुहुने माहानुभावहरु किवानिजको र्दशन मुल्यमान्यता र किवानिजको उद्देश्यहरुको आधारमा संचालित छैनन् पदको लागी योगदान होइन, नेताको चाकडी गरेर नेताको वरिपरि घुमेर नेतृत्वमा पुग्ने परिपाटिको बिकास भएको छ । म कुन पदमा छु, मेरो पदीय दायित्व के हो भुमिका के हो, भन्ने कुराको जानकारी भन्दा म नै सर्वेसर्वा मैले भनेपछि हुनुपर्छ, मेरो कुरा मानेनौभने अथवा मेरो विरुद्धमा गयौ भने तिम्रो अस्तित्व रहदैन तिम्रो क्लवले ग्रान्ट प्राप्त गर्दैन, भन्ने जस्ता अपभ्रम्स फैलाई क्लवहरुलाई प्रभाबित पार्ने कार्य गरिएको छ । के यो पदिय र्मयादा भित्र पर्दछ ? आज सम्म क्लवहरुमा आएको ग्रान्टको लेखाजोखा हिसाबकिताब छैन, के किवानिजको मार्गदर्शक सिदान्त यहि हो? पद प्राप्ति गर्नु मात्र ठुलो हो ? कार्य सम्पादन र जिम्मेवारी सहि ढंगले संचालित हुनु नपर्ने हो? आफु भए ठिक अरु भए बेठिक हुने हो? योगदानको उचित मुल्याकंन नगरी चाकडी र गुटको आधारमा नेतृत्व छनोट गर्ने परिपाटीको बिकाश हुनु सहि हो ? क्लवहरुलाई अनुचित प्रभावमा पारी सामाजिक संस्थाको नेतृत्व चयन गर्ने परिपाटि उचित हो? आज वर्तमान किवानिज नेपालको छैठौ गर्भनर आफु अनुकुलको नभै इतर पक्षबाट र्निवाचित भएको भनी बहुमतको दम्भमा ट्रष्ट्रिलगायत निर्वतमान गर्भनर, गर्भनर इलेक्ट, भाइस गर्भनरले गर्भनरको प्रस्तावलाई अस्विकृत गरी गर्भनरलाई बन्धक बनाई असहयोग गर्नु कत्तीको सान्र्दभिक हुन जान्छ ? यस्तो कुराले कार्यले समाज सेवाका हातहरु अगाडी बढन्सक्छन्? यी र यस्तै आ ना र हाम्रालाई अगाडी बढाऔे राम्रा समाज सेवि हातहरुलाई पाखा लगाउ नितिले किवानिज नेपाल डिष्ट्रिक कहाँ पुग्छ, र आ नो लक्ष्य प्राप्त गर्न सक्छ ? किवानिज नेपाललाई सक्षम र सुदृढ बनाउन सबैको योगदानको कदर हुनुपर्ने होइन र ? किवानिज नेपालमा सबै क्लवहरु, सबै सदस्यहरुको बराबरी योगदान छ । लेबि सबैके बराबरी छ, तर तेरो र मेरो अनि सदस्यहरु प्रति भेदभाव किन ?

आज  किवानिजलाई माया गर्ने सकृय रहने हुने, पदलाई भन्दा सेवालाई आफ्नो आर्दश मान्ने किवानिजहरुको मनमा यि र यस्ता प्रश्नहरुले डेरा जमाई रहेकोछ, परिस्थितिमा सुधार भएन, नेतृत्वमा सुधार आएन भने भोलिका दिनमा पनि नेतृत्वको यस्तै हरकत कायम रहेमा संस्थापकहरु र सबै सदस्यहरुको अस्तित्वमा आच आउने काम भएमा किवानिज नेपाल डिष्ट्रिकमा एक गम्भिर बिद्रोहकोआधी आउने निश्चित छ । तसर्थ नेतृत्वदाही भुमिकामा रहनु भएका मुख्य जिम्मेवारहरुलाई चेतना भया ।
!! जय किवानिज !!

लेखक दामोदर ढकाल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१