दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहितको तीन वटा कसुरमा मुद्दा चलाइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०८१, मंगलवार १४:३३

काठमाडौं, ४ मंसिर । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को नियन्त्रणमा रहेका विवादिन मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर क्राइमसहित तीन वटा कसुरमा मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ ।सीआईबीले साइबर अपराध, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान अघि बढाएर मुद्दा चलाउने तयारी गरेको छ । प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिंजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१