काठमाडौं । काठमाडौँ जिल्ला अदालतले रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले पक्राउ पुर्जी जारी गरेका हुन् ।
अब जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछानेलाई काठमाडौं झिकाएर अनुसन्धान गर्नेछ । यसअघि लामिछानेलाई कास्कीबाट रुपन्देही झिकाएर बयान लिईएको थियो । सहकारी ठगी प्रकरणमा लामिछाने गत कार्तिक २ गते काठमाडौंको स्थित् पार्टी कार्यालयबाट पक्राउ परेका हुन् ।
प्रतिक्रिया