भाइरल झाँक्री भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०८१, शुक्रबार ०६:२०

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सवारी दुर्घटनामा पक्राउ परेका भाइरल झाँक्री प्रकाश भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । हिजो (बुधबार) उनी सवार गाडी दुर्घटनामा परेको थियो । सो क्रममा १ जनाको मृत्यु भएको थियो भने १ जना गम्भीर घाइते छन् ।

सवारी दुर्घटना भएपछि फरार भएका झाँक्री भुजेलले बेलुका बौद्ध प्रहरीमा आत्मसमर्पण गरेका थिए । उनलाई सवारी ज्यान मुद्दा चलाउने तयारी रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१