श्रीमतीका कारण धनराज फन्दामा, सीआईबीले लियो बयान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ कार्तिक २०८१, बिहीबार ०६:५१

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बयान लिएको छ ।मंगलबार सीआईबीले गुरुङलाई कार्यालयमा बोलाएर बयान लिएको हो ।

कांग्रेस उपसभापति गुरुङकी पूर्व श्रीमती ज्योति गुरुङले ललितपुरको मितेरी सहकारीबाट १४ करोडभन्दा बढी अपचलन गरेको आरोप छ । उक्त कार्यमा धनराजको पनि संलग्ना रहेको भनेर आलोचना भइरहेको छ । सोही विषयमा गुरुङलाई सीआईबीले बोलाएर कागजी बयान गराएको हो । उनीसँग सीआईबीले ५ घण्टाभन्दा बढी समय बयान लिएको छ ।

धनराजकी पूर्व श्रीमती ज्योति हाल फरार छिन् । सहकारी ठगी सम्बन्धमा छानविन गर्न बनेको संसदीय छाविन विशेष समितिले धनराजमाथि समेत छानविन गर्न सिफारिस गरेको थियो । धनराज र उनीकी श्रीमतीबीच सम्बन्धविच्छेद भइसकेको छ । सम्बन्धविच्छेद भइसकेको अवस्थामा पनि धनराजले सो सहकारीमा गएर केही किस्ता बुझाएको खुल्न आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर ६, २०८१