काठमाडौं । सिभिल अस्पतालमा कार्यरत डा.अजयकुमार साह पक्राउ परेका छन् । अस्पतालमा कार्यरत महिला चिकित्सकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले डा.साहलाई नियन्त्रणमा लिएको हो। महिला चिकित्सकले प्रहरीमा आफूमाथि यौन दुर्व्यवहार भएको उजुरी गरेपछि डा.साह पक्राउ परेका हुन् ।
सिभिल अस्पतालका प्रमुख विधाननिधि पौडेलले डा.साह पक्राउ परेको पुष्टि गरेका छन् । ‘प्रहरीले अनुसन्धानका लागि लगेको छ किन लग्यो भन्नेबारेमा मलाई जानकारी छैन, प्रहरीले अनुसन्धान गरिरहेको छ’, सिभिल अस्पतालका प्रमुख पौडेलले भने ।
उनका अनुसार डा.साह पक्राउ परेपछि अस्पतालले नियम अनुसार निलम्बन गरिसकेको छ। प्रहरीले उनलाई कात्तिक १९ गते पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया