दीपक मनाङे जेल चलान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ कार्तिक २०८१, बुधबार ०६:४०

काठमाडौं । अन्तत: दीपक मनाङे ऊर्फ राजीव गुरुङ जेल चलान भएका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशसभा सदस्य मनाङे मङ्गलबार डिल्लीबजार कारागार चलान भएका हुन् ।

बिहान काठमाडौंको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, काठमाडौंमा पेस गरेको थियो । यसलगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो ।

मनाङेलाई उच्च अदालतले दोषी ठहर गरेको थियो तर, मनाडे आफैँ सर्वोच्च अदालत गएका थिए । तर, सर्वोच्चले उच्चकै फैसला सदर गरेपछि उनी जेल चलान भएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर ८, २०८१