हप्तामा दुईपटक चार्ज गरे पुग्ने शक्तिशाली स्मार्टफोन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० कार्तिक २०७१, आईतवार २१:१३

मोबाइल फोन निर्माता चिनियाँ कम्पनी जियोनीले अहिलेसम्मको सबैभन्दा शक्तिशाली ब्याट्री दाबी गर्दै नयाँ स्मार्टफोन ‘म्याराथन एम थ्री’ भारतीय बजारमा ल्याएको छ । जिओनीले १२ हजार ९ सय ९९ भारु मूल्य पर्ने म्याराथन एम थ्री भारतीय बजारमा लञ्च गरेको हो । पछिल्लो समयमा विश्वका विभिन्न कम्पनीहरुले धेरैभन्दा धेरै फिचर्स तथा शक्तिशाली प्रोसेसर जस्ता अत्याधुनिक सेवा सहितका स्मार्टफोन बजारमा ल्याउँदा उपभोक्तालाई चलाउन त मज्जै भएको छ, तर छिटो-छिटो ब्याट्री चार्ज गरिरहनुपर्ने झण्झट भने थपिएको छ ।

सामान्य फिचर्सका मोबाइल प्रयोगमा रहँदा त्यस्ता मोबाइल फोनलाई हप्तामा एक दुई पटक मात्र रिचार्ज गरे पुग्थ्यो । तर, अहिलेका स्मार्टफोनलाई दिनमै एक-दुईपटक चार्ज गर्नुपर्छ । यही अप्ठेरोलाई सजिलो बनाउन फोन निर्माता कम्पनीहरुले पछिल्लो समयमा धेरै समयसम्म टिक्ने ब्याट्री भएका नयाँ स्मार्टफोन सार्वजनिक गर्ने होडबाजीमा जुटिरहेका छन् । फिलिप्सले जिनियम, लेनोभोले वाइब जेड टू प्रो तथा एप्पलले आइफोन सिक्स प्लसमा बढि शक्तिशाली ब्याट्री प्रयोग गरे । यो दौडमा अगाडि बढ्दै जिओनीले आफ्नो नयाँ स्मार्टफोन म्याराथन जी थ्री मा पूरै ५ हजार मिलीएम्पियर आवरको ब्याट्री प्रयोग गरेको छ ।

 यो ब्याट्रीको अहिलेसम्म प्रयोगमा रहेका स्मार्टफोन ब्याट्रीमा सबैभन्दा शक्तिशाली हो । दुई दिनसम्म खप्ने लेनोभोको वाइब जेड टू प्रो जम्मा ४ हजार मिलीएम्पियर आवरको थियो । यसअनुसार आँकलन गर्दा म्याराथन एम थ्री को ब्याट्री एकपटक फूल चार्ज गरेपछि ३-४ दिनसम्म टिक्ने सहज अनुमान गर्न सकिन्छ । जियोनीले यो ब्याट्रीले ३२ घण्टा टकटाइम दिने दाबी गरेको छ । म्याराथन एम थ्री मा शक्तिशाली ब्याट्रीका अलवा ५ इन्चको ७२० पिक्सेल हाइ डेफिनेसन डिस्प्ले, क्वाड कोर प्रोसेसर, ८ मेगापिक्सेलको क्यामरा, एक जिबी र्याम, ता ८ गिगाबाइट स्टोरेज क्यापासिटी रहेको छ, जसलाई १२८ गिगाबाइटसम्म विस्तार गर्न सकिन्छ । दुई सिमकार्डवाला यो स्मार्टफोनमा एन्ड्रोइडको किट क्याट ४.४ अपरेटिङ सिस्टम रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१